९९.८६ अंकले घट्यो नेप्से, कारोबारमा भने वृद्धि

Posted on: 24 Jan, 2022

माघ १०, काठमाडौँ | साताको दोस्रो दिन पनि सेयर बजार घटेको छ। सोमबार सेयर बजारको परिसूचक ९९.८६ अंकले घटेर २८२०.६५ पुगेको हो। 

अघिल्लो दिन सेयर बजारको परिसूचक १०.८३ अंकले घटेको थियो। हिजोको तुलानामा आज परिसूचक ८९.०३ अंकले घटेको हो। परिसूचक घटे पनि आइतबारको तुलनामा आज कारोबारमा वृद्धि देखिएको छ।

दिनभरमा २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ सेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६२ रुपैयाँको कारोबार भएको थियो।

त्यस्तै, सोमबार कारोबार भएका कुल कम्पनीमध्ये १८५ कम्पनीको मूल्य घटेको छ भने जम्मा ६ कम्पनीको मूल्य बढेको छ। कारोबारमा आएका १३ उपसमूहहरूमध्ये १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज विन नेपाल लगुवित्तीय र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशत बढेको छ। यीबाहेक अन्य कम्पनीको सेयर २ प्रतिशतभन्दा कमले मात्रै बढेको छ। 

नेपाल स्टक एक्सचेन्जकाअनुसार सोमबार अपी पावर कम्पनी सबै भन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ३८ करोड ३४ लाख २४ हजार १५२ रुपैयाँ कारोबार भएको हो। 

यसपछि एनआइसी एशिया बैंकको ३६ करोड ७३ लाख ६४ हजार ५२७ रुपैयाँ ५० पैसा, अरुण भ्याली हाइड्रोपावरको ३० करोड ४९ लाख ६६ हजार ८९५ रुपैयाँ ७० पैसा, अपर तामाकोशी हाइड्रोपावरको २० करोड २६ लाख १३ हजार ५६५ रुपैयाँ ८० पैसा र एनटिसीको १९ करोड ४२ लाख ८७ हजार २४ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!