नेपाल विश्वका भ्रष्ट मुलुकको ६३ औं स्थानमा

Posted on: 25 Jan, 2022

माघ ११, काठमाडौँ | संसारभरका देशमा भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले वार्षिक प्रतिवेदन जारी गरेको छ । 

उक्त प्रतिवेदनमा नेपाल विश्वका भ्रष्ट मुलुकको ६३ औं सूचीमा दर्ज भएको छ । संसारभरका १८० देशमा भ्रष्टाचारको स्थिती नियालेको थियो । जसमा नेपाल ११७ औं स्थानमा परेको छ ।  

गत वर्ष संसारभरका १८० देशमा भ्रष्टाचारको स्थिति नियालेको ट्रान्सपरेन्सीले नेपाललाई ११७ औं स्थानमा राखेको थियो । 

९ मंसिर २०७७ मा ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘ग्लोबल करप्सन ब्यारोमिटर ः एसिया, २०२०’ प्रकाशित ग¥यो । ब्यारोमिटर कुनै पनि मुलुकका नागरिकसँग त्यो देशको भ्रष्टाचारका विषयमा अनुभव र राय लिएर गरिएको सर्वेक्षण नतिजा हो । 

दशकौंदेखि उही सूची

१ कात्तिक २०६२ मा जारी गरेको सन् २००५ को भ्रष्टाचार सूचकांक ‘करप्सन परसेप्सन इन्डेक्स’ मा नेपाल बढी भ्रष्टाचार बढी हुने देशमा दर्ज थियो । त्यतिबेला नेपालले सयमा २५ अंक पाएको थियो । ३० भन्दा कम अंक पाउने मुलुकलाई अत्यधिक भ्रष्टाचार भएको र त्यो संस्थाहरुका साथै सामाजिक, राजनीतिक स्थायीत्वका लागि गम्भीर खतरा रहेको औंल्याइएको थियो । 

त्यसयता २०७७ सम्म आइपुग्दा पनि नेपालको भ्रष्टाचार सूचकांक जहाँको त्यहीं छ । ट्रान्सपरेन्सीले १५ माघ २०७७ मा जारी गरेको सन् २०२० को भ्रष्टाचार सूचकांकमा नेपालको स्थान ११७ नै छ । १८० देशको भ्रष्टाचार सूचकांक जारी गर्दा त्यसमा नेपालले सयमा ३३ अंक प्राप्त गरेको थियो । त्यस्तै, यो वर्ष पनि १८० देशको भ्रष्टाचार सूचकांक जार िगर्दा नेपालले ३३ अंक प्राप्त गरेको छ । 

२०६२ सालयता मुलुकको शासन व्यवस्था नै परिवर्तन भएको छ । शाहवंशीय एकतान्त्रिक राजतन्त्रबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगेको पनि १४ औं वर्ष लागिसकेको छ । यसबीचमा नयाँ संविधान जारी भएर मुलुकले संघीयताको अभ्यास गरिरहेको छ । 

राज्य संरचना नै परिवर्तन भएको र बग्रेल्ती कानुनी तथा संस्थागत सुधार गरेको सरकारी दावीका बावजुद भ्रष्टाचारको स्थिति परिवर्तन हुन सकेको छैन ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले संसारभरका मुलुकहरुको भ्रष्टाचार अवस्था हेर्छ । यही आधारमा हरेक वर्ष सूचकांक प्रकाशित गर्छ । संसारमा कुन देशमा भ्रष्टाचारको अवस्था कस्तो छ भन्ने बुझ्न यही संस्थाको रिर्पोटलाई आधार लिइन्छ । अन्तर्राष्ट्रिय निकाय र विदेशीहरुले मूलतः ट्रान्सपरेन्सी यिनै रिर्पोटका आधारमा विभिन्न देशहरुको अवस्थाबारे मूल्यांकन गर्छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!