यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 24 Jun, 2022

असार ७, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै अमेरिकी एक डलरको खरिद दर १२४रुपैयाँ ९९ पैसा र बिक्री दर १२५ रुपैयाँ ५९ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ  ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ११ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ५८ पैसा र बिक्री दर १५३ रुपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २१ पैसा र बिक्री दर ३४ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!