भारतबाट घटेर आए पनि नेपालमा घटेन पेट्रोलियम पदार्थको मूल्य

Posted on: 03 Aug, 2022

साउन १८, काठमाडौं | नेपाल आयल निगमले बुधवार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरिएको जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट साउन १६ गते प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा २.७८ रुपैयाँ नाफा, डिजेलमा ९.३७ रुपैयाँ घाटा, मट्टितेल तथा हवाई इन्धनमा केही नाफा तथा एल.पी.ग्यासमा प्रति सिलिण्डरमा ४९९.५७ रुपैयाँ घाटा भई समग्रमा अझै पनि निगमलाई आगामी १५ दिनमा करिव ६३ करोड ५८ लाख घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको विक्री मूल्य हाललाई यथावत् राख्नु पर्ने वाध्यात्मक अवस्था निगम सामु रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!