कति छ आज डलर, यूरो, पाउण्ड, रियाल, रिंग्गेट लगायतको मूल्य? (सूचीसहित)

Posted on: 08 Sep, 2022

भदौ २३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ३५ पैसा र बिक्री दर १२६ रुपैयाँ ९५ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ २६ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८७ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!