विदेश बाट पैसा पठाउदै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर! [सूचीसहित]

Posted on: 09 Sep, 2022

भदौ २४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १२७ रुपैयाँ २४ पैसा र बिक्री दर १२७ रुपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२७ रुपैयाँ ९४ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ६६ पैसा र बिक्री दर १४७ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६१ पैसा र बिक्री दर ३४ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!