लगातार ५ दिनदेखि ओरालो लागेको सुनको मूल्य आज पनि १ हजारले घट्यो, कतिमा हुँदै कारोबार?

Posted on: 16 Sep, 2022

भदौ ३१, काठमाडौँ | साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। आज सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम भएको छ। 

लगातार ५ दिनदेखि सुनको मूल्य ओरालो लागेको छ। हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। समग्रमा यो साताभरि सुनको मूल्य  तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ। 

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!