यस्तो छ आजको विदेशी विनिमयदर, कुन देशको कति छ ?

Posted on: 01 Dec, 2022

मङ्सिर १५, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ  १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १२९ रूपैयाँ ९८ पैसा र बिक्री दर १३० रूपैयाँ ५८ पैसा रहेको छ। युरो एकको खरिद दर १३४ रूपैयाँ ८२ पैसा र बिक्री दर १३५ रूपैयाँ ४४ पैसा रहेको छ।    

 त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ १७ पैसा र बिक्री दर १५६ रूपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   



यस बिषयमा तपाइको प्रतिक्रिया...!