बिहेको सिजनमा तोलाकै १ लाख नजिक पुग्यो सुनको मूल्य

Posted on: 02 Dec, 2022

मङ्सिर १६, काठमाडौँ | बिहेको सिजनमा सुन महँगिएको छ । नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिरमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबार छापावाल सुन सुन झन्डै तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधबारकै तुलनामा बिहीबार सुन पाँच सय रुपैयाँले महँगिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!