यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on: 30 Jan, 2023

माघ १६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको भाउ एकको खरिददर १३० रुपैयाँ १४ पैसा र बिक्रीदर १३० रुपैयाँ ७४ पैसामा कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ १० पैसा तोकिएको छ। 

त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६१ रुपैयाँ ३६ पैसा र बिक्रीमा १६२ रुपैयाँ १० पैसा रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९२ रुपैयाँ ८८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६९ पैसा तोकेको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रुपैयाँ ६६ पैसा र बिक्रीमा ३० रुपैयाँ ८० पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३४६ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!