नेपालविरुद्ध बंगलादेशले गर्‍यो दोस्रो गोल

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौँ | काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा नेपालमाथि बंगलादेशले दोस्रो गोल गरेको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औं मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन् । 

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!