आईफोन १४ मा Xiaomi बाट एप्पलले समावेश गर्‍यो यी ३ फिचर

Posted on: 17 Sep, 2022

असोज १, काठमाडौं | एप्पलले गत साता आईफोन १४ सिरिज सार्वजनिक गर्‍याे । कम्पनीले नयाँ सिरिज सार्वजनिक गरेसँगै त्यसमा समावेश फिचरलाई लिएर थुप्रै कुरा बाहिर आएका छन् ।

आईफोनको नयाँ सिरिजमा थपिएका कतिपय फिचरहरू पनि एन्ड्रोइडबाट कपी भएको टिप्पणी भइरहेका छन् ।

यस वर्ष पनि आईफोन १४ सिरिजमा एन्ड्रोइडका केही फिचरहरू कपी गरेको पाइएकाे छ, जुन पहिलो पटकXiaomi मा प्रयोगमा ल्याइएको थियो ।

  • आईफोन १४ मा आएका र Xiaomi ले पहिले नै ल्याएको केही ३ फिचरहरु:

आईफोन १४ मा दुई ओटा लाइट सेन्सर समावेश गरिएको छ । एउटा लाइट सेन्सर अगाडि रहेको छ भने अर्को लाइट सेन्सर पछाडि रहेको छ । यसले गर्दा ब्राइटनेसलाई सटीक तरिकाले एडजस्ट गर्न सघाउँछ ।

यो पक्षमा भने साओमीले एप्पललाई पछाडि पारेको छ ।

चिनियाँ आउटलेट माई ड्राइभरका अनुसार सोमीले डुअल एम्बियन्ट लाइट सेन्सर सन् २०२० मा नै ल्याइसकेको थियो । यो फिचर Xiaomi टेन सिरिजका फ्लयागशिप फोनमा उपलब्ध गराएको थियो ।

आईफोनमा पहिलो पटक आएको अर्को फिचर भनेको डुअल फ्रिक्वेन्सी जीपीएस हो, जुन आईफोन १४ को प्रो मोडेलमा मात्र उपलब्ध छ ।

यी दुई जीपीएस फ्रिक्वेन्सीका माध्यमबाट स्मार्टफोनमा एउटा जीपीएसको तुलनामा सटिक लोकेसन प्राप्त गर्न सकिन्छ ।यसका माध्यमबाट गुगल म्याप्स जस्तो एपमा सही लोकेसन छिटो पाउन सकिन्छ । यो फिचर Xiaomiको स्मार्टफोनमा सबैभन्दा पहिले आएको थियो । Xiaomi ले यो फिचर २०१८ मा mi ८ फ्ल्यागशिप फोनमा ल्याएको थियो ।

आईफोन १४ सिरिजमा आएका प्रमुख अपग्रेडहरू ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, डिस्प्ले कटआउट र सुपर स्टेडी भिडिओ मोड सबै Xiaomi ले सबैभन्दा पहिले आफ्नो फोनमा उपलब्ध गराएको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!