स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

Posted on: 28 Jun, 2022

असार १४, काठमाडौं | स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत सामाखुशी बस्ने गुल्मी धुरकोट गाउँपालिका–६ स्थायी घर भएका ३२ वर्षीय इन्द्रबहादुर पछाईंलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

विदेश पठाईदिन्छु भन्दै २५ लाख ठगी गर्ने पाण्डे पक्राउ - Aarthiknews

इन्द्र बहादुरले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रूपैयाँ लाग्छ र उता पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काममा लगाइदिन्छु भन्दै ठगी गरेको पाइएको छ।

मासिक १ लाख ३० हजार रूपैयाँसम्म तलब हुन्छ भन्दै प्रलोभनमा पारी ३ जना पीडितबाट जम्मा ५ लाख रूपैयाँ लिएर उनी सम्पर्क विहीन भएका थिए। पीडितले आफूहरु ठगिएको गुनासो गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!