आजदेखि काठमाडौंका सार्वजनिक क्षेत्रमा धूम्रपान निषेध

Posted on: 17 Sep, 2022

असोज १, काठमाडौं | काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आजदेखि धूम्रपान गर्न निषेध गरेको छ । महानगरपालिकाले यसअघि नै  सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट सेवनमा निषेध गरेको छ । महानगरले बिडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउन लागेको भन्दै महानगरले अटेर गर्नेलाई कानुनी कारबाही गर्ने तथा जरिबाना तिराइने चेतावनी दिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!