प्रधानमन्त्रीद्वारा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना

Posted on: 31 Mar, 2023

चैत १७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत सन्देश दिनुहुँदै एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीको उज्ज्वल भविष्यको कामना गर्दछु ।” 

एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा प्रधानमन्त्री दाहालले अपिल गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!