कुवेतमा एक नेपाली युवाले गरे आत्महत्या

Posted on: 19 Jan, 2022

माघ ५, काठमाडौँ | रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । सिराहाका रमेश मण्डलले आत्महत्या गरेमा हुन् ।

अल जाहारा क्लिनिङ कम्पनीमा कार्यरत मण्डलले आफनै आवासमा झुन्डिएर आत्महत्या गरेका हुन् । 

नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार राहदानी नम्बर ११४९३२१ का मण्डल दुई वर्षअघि मात्र कुवेत पुगेका हुन् । 

मृतकको परिवार तथा कम्पनीसँग समन्वय गरी शव पठाउन प्रकृया सुरु गरिएको सिलवालले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!