दुबइमा कपडा सुकाउँदा पनि भारी जरिवाना तिर्नुपर्ने कानुन, चुरोटको खरानी खस्दा यस्तो सजाय !

Posted on: 23 Jan, 2022

एजेन्सी | दुबइमा केही यस्ता कानुन लागू गरेको छ जुन कानुन नेपालीहरुलाई अनौठो लाग्न सक्छ । तर, दुबइमा ठूलो संख्यामा नेपालीहरु छन् जसले यी नियमको पालना गर्नुपर्नेछ । नियम उल्लंघन गरे भारी रकम जरिवाना तिर्नुपर्नेछ । दुबइमा यदि कसैले आफ्नो बाल्कोनीमा कपडा सुकाएमा भारी जरिवाना तिर्नुपर्नेछ । यतिमात्र होइन दुबइमा आफ्नै बाल्कोनीमा बसेर चुरोट खाँदा त्यसको खरानी तल खस्यो भने पनि जरिवाना तिर्नुपर्नेछ ।

नगरपालिकाले सहरलाई अझै सफा र सुन्दर राख्नको लागि यस्ता नियम लागू गरिएको बताएको छ । दुबइ नगरपालिकाले त्यहाँ बस्ने सबैलाई आफ्नो अपार्टमेन्टको बाल्कोनीको ‘दुरुपयोग’ नगर्न भनेको छ । नगरपालिकाले सामाजिक संजालमार्फत बासिन्दाहरुलाई आफ्नो बाल्कोनी भद्दा देखिने कुनै काम नगर्न सूचित गरेको छ । नगरपालिकाले ट्वीटमा लेखेको छ ‘पर्यावरणको आवश्यकता र मानकबारे समुदायको जागरुकता बढाउनको लागि दुबइ नगरपालिका सबै युएइ निवासीहरुसँग सहरको सौन्दर्य र स्वरुप बिगार्नबाट बच्न आग्रह गर्छ ।’यदि कसैले नगरपालिकाको नयाँ नियमको उल्लंघन गरेमा ५०० देखि १५०० दिराम (१६ हजारदेखि ४८ हजार रुपैयाँसम्म) जरिवाना तिर्नुपर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!