अबदेखि सर्बियामा पनि मेनपावर कम्पनीले श्रमिक पठाउन पाउने

Posted on: 27 Apr, 2022

वैशाख १४, काठमाडौं | श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ । अब मेनपावर कम्पनीहरुले नै सर्बियामा श्रमिक पठाउन पाउने भएका छन् ।

राजपत्रमा एक सूचना प्रकाशित गर्दै सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुला गर्न अनुमति दिएको  हो । 

सरकारले अहिलेसम्म ११० भन्दा बढी देशमा श्रमिक पठाउन खुला गरिसकेको छ । सर्बिया दक्षिणपूर्वी युरोपको भूपरिवेष्ठित राष्ट्र हो । यो उच्च मध्यम आय भएको देश हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!