पोर्चुगल पठाइदिन्छु भनी साढे ३३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 14 Jun, 2022

जेठ ३१, काठमाडौं | युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् । 


उनलाई प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । 

उनले ८ जनासँग ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रोजित श्रेष्ठले पीडितहरुलाई उपलब्ध गराएको हवाई टिकट र भिसा समेत नक्कली भएको पाइएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!