वैदेशिक रोजगारमा चर्को अशुली: श्रम मन्त्रालयदेखि बिभागसम्मै गुपचुप

Posted on: 27 Jul, 2022

साउन ११, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा इजाजतपत्रवालाहरुले निशुल्क भन्दै लाखौँ अशुली गर्दै गर्दा सम्बन्धित निकायहरु मौन बसेका छन् । जसको कारण रोजगारका लागि बिभिन्न देशमा गएका अधिकांश युवाहरु ठगिएका छन् ।

सरकारी निकाय गैरजिम्मेवार बन्दा म्यानपावरबाट ठगीएको भन्दै उजुरी समेत बढ्न थालेका छन् । उजुरी बढेको अवस्थामा वैदेशिक रोजगार बिभागले अनुगमनलाई तिब्रता दिएको छैन । बरु ठगि बिरुद्ध उजुरी गर्न गएकाहरुको उजुरी नलिएर सूचना चुहाउने गरेको पाइएको छ । जसको कारण ठगिनेको संख्या अझै बढ्ने देखिएको छ । बिभागमा ठगि बढेको उजुरी बढेको भएपनि समस्यामा परेकाहरूको उजुरी फर्छ्यौटमा बिभाग संवेदनशील नदेखिएको गुनाशो बढेको छ । उजुरी फर्छ्यौटको क्रममा म्यानपावर र कर्मचारीहरुको मिलिमतोको कारण तत्काल हुने समाधान समेत ढिला गरि हुने गरेको पीडितहरुको आरोप छ । 

पछिल्लो समय वैदेशिक रोजगार बिभागमा रहेको अनुगमन शाखा नाम मात्रको बनेको छ । जसको निस्कृयताको कारण म्यानपावरहरूमा एजेन्टहरुको हालीमुहाली बढ्नुको साथै एजेन्ट बिना जानेहरुले वैदेशिक रोजगारमा जान नपाउने अवस्था सृजना भएको छ । बिभागकै छुटका कारण म्यानपावरहरुले दैनिक पत्रिकामा डिमाण्ड दिएर विदेश जान चाहेकाहरुलाई सहि सूचना दिन म्यानपावरहरुले लुकाउने  गरेका छन् ।   

पछिल्लो समय कन्सल्टेन्सीहरुको कारण पनि वैदेशिक रोजगारमा ठगि बढ्दै गएको छ । कन्सल्टेन्सीहरुमा सिजनल भिसाको नाममा ६ लाखदेखि १२ लाखसम्म अशुली हुँदा सम्बन्धित निकाय मौन छ । त्यस्तै सेटिङमा भिजिट भिसाको धन्दा भईरहेको सम्बन्धमा पनि सम्बन्धित निकाय मौन छ । यो मौनतामा श्रम मन्त्रालयका अधिकारीहरुदेखिकै सुरु भएको सरोकारवालाहरुले बताउदै आएका छन् । सम्बन्धित निकायहरुले बैदेशिक रोजगार क्षेत्रलाई सुधार्नुको सट्टा यो क्षेत्रमा कसरी आर्थिक रकम आर्जन गर्न सकिन्छ, भन्नेतर्फ मात्र ध्यान दिने गरेको बताइएको छ । 

यो पनि, 

दीपज्योति म्यानपावरबिरुद्ध उजुरी दिन बिभाग पुगेका युवा विदेश उड्न पाएनन्

यस बिषयमा तपाइको प्रतिक्रिया...!