दुबईमा फुड डेलिभरी पदमा काम लगाइदिने प्रलोभनमा अलपत्र पार्ने धादिङका बिकास थापा पक्राउ

Posted on: 02 Aug, 2022

साउन १७, काठमाडौँ । नेपालीहरुको आकर्षक गन्तव्य मध्ये एक युएई स्थित दुबईमा फुड डेलिभरी पदमा वैदेशिक रोजगारमा पठाइ अलपत्र पारिदिने एक युवालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । 

ठगीमा संलग्न व्यक्ति धादिङ जिल्ला धुनिवेसी गाउँपालिका वडा नम्वर ९ खानीखोलाका २७ बर्षीय विकास थापा हुन् । थापा हाल काठमाडौँ-७ स्थित चाबहिल बस्दै आएका थिए । पीडितसँग थापाले ४ लाख ४५ हजार रकम समेत लिएर दुबई पठाएको र काम समेत नलगाई अलपत्र पारेको उजुरी वैदेशिक रोजगार बिभागमा परेको थियो । बिभागले पीडितको जाहेरी अनुरुप प्रहरीलाई पक्राउ गर्न पत्र पठाए अनुसार ठगीमा संलग्न थापालाई बसुन्धाराबाट पक्राउ गरेको हो । 

पक्राउ परेका थापालाई प्रहरीले थप कारवाहीको लागि वैदेशिक रोजगार बिभाग पठाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!