टर्कीमा पूर्व स्वीकृति विना कामदार पठाउन खोज्ने मेनपावर कम्पनीमा छापा

Posted on: 01 Nov, 2022

कात्तिक १५,  काठमाडौँ | वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ । 

विभागले मागपत्र र पूर्व स्वीकृति विना नै नेपाली कामदारलाई टर्की पठाउन खोजिरहेको मास्टर जब प्रा. लि. मा छापा मारेको हो । छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागका निर्देशक कुष्णप्रसाद भुसालले जानकारी दिए । 


टर्कीका विभिन्न कम्पनीमा हेभि ड्राइभर काममा पठाउन भनी कामदार छनौटको अन्तर्वार्ता/ट्रायल भइरहेको भन्ने सूचना विभागसम्म पुगेको थियो । सूचना प्राप्त हुनासाथ सोमबार विभागको टोली अन्तर्वार्ता/ट्रायल लिइरहेको अवस्थामा पुगेको थियो । छापा मार्ने क्रममा ३० जनासँग अन्तर्वार्ता लिइरहेको थियो । 

उक्त कम्पनीले कामदार मागपत्र प्रमाणीकरण नगरिकनै टर्की पठाउने भनेर युवाहरूसँग अन्तर्वार्ता लिइरहेको पाइएको निर्देशक भुसालले बताए । विभागको टोलीले सो सम्बन्धी कागजातहरू बरामद गरी आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!