जिसिसि देशका भिसा भएकाहरुलाई ओमानले अनअराइभल भिसा दिने

Posted on: 07 Nov, 2022

कात्तिक २२, काठमाडौँ । जिसिसि देशहरुको भिसा भएकाहरुलाई ओमानले अनअराइभल भिसा दिने भएको छ । ओमानको अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गत साता राहदानी तथा भिसा सम्बन्धी महानिर्देशकको कार्यालयलाई उद्धृत गर्दै GCC भिसा वाहक विदेशी नागरिकहरूलाई ओमान प्रवेशका लागि अनअराइभल भिसा प्राप्त हुने जनाएको हो । 

साथै GCC मुलुकमा जुनसुकै पेशा/व्यवसाय/रोजगार गर्ने कुनै पनि देशका नागरिकलाई ओमानको कुनै पनि प्रवेश बिन्दुमा अनअराइभल भिसा प्राप्त गर्ने र यसका लागि उनीहरूले तोकिएको शुल्क बुझाउनु पर्ने जानकारी ओमान स्थी नेपाली दुतावासले जानकारी दिएको छ । 

कुनै पनि विदेशी नागरिकसँग निज कार्यरत GCC मुलुकको कम्तिमा तीन महिना अवधिको मान्य भिसा भएमा मात्र माथि उल्लेखित प्रावधानहरू लागु हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!