बलिउडमा पाइला चाल्दै यी साउथस्टार

Posted on: 25 Jun, 2022

असार ११, मुम्बई | साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टरा छन्, जस्को स्टार पावर कुनै पनि फिल्मलाई हिट बनाउनका लागि काफी छ । पछिल्लो समयमा बलिउडमा साउथ स्टारहरुले धमाधम केमियो गरिरहेका छन् ।

रामचरण तेजा साउथका सुपरस्टार हुन् । हालै रिलिज फिल्म ‘आरआरआर’मा उनको अभिनयको तारिफ भएको थियो । साउथमै रिलिज उनको फिल्म ‘आचार्य’पनि हिट साबित भएका थियो । यिनै रामचरण बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘कभी इद कभी दिवाली’मा केमियो गर्दैछन् ।

शाहरुख खानको फिल्म ‘जवान’को पोस्टर केही दिनअघि रिलिज भएको थियो । यो पोस्टरमा शाहरुख पट्टी बाँधेर अनौठो रुपमा देखिएका थिए । यो फिल्ममा साउथ अभिनेत्री नयनतारा शाहरुखको अपोजिटमा छिन् । यो फिल्ममा साउथ सुपरस्टार थलापति विजय पनि केमियो भूमिकामा देखिँदैछन् ।

अर्का साउथ स्टार सूर्याले फिल्म ‘जय भीम’बाट अभिनयको तारिफ राम्रो पाए । उनी चाँडै अक्षय कुमारको फिल्ममा देखिँदैछन् । सूर्या साउथको फिल्म ‘सोरारई पोटरु’मा प्रमुख भूमिकामा देखिएका थियो । अब यो फिल्मको हिन्दी रिमेक बन्दैछ, जसमा सूर्याकै अभिनय रहनेछ ।


अभिनेत्री रश्मिका मन्दानासँग हालका दिनमा बलिउडका तीन फिल्म छन् । उनी सिद्धार्थ मल्होत्राका साथ ‘मिसन मजनू’मा देखिँदैछिन् । यसबाहेक विकास बहलको ‘गुडबाय’मा अमिताभ बच्चन र नीना गुप्ताका साथ देखिँदैछिन् । यसबाहेक उनी रणवीर कपूरका साथ फिल्म ‘एनिमल’मा पनि देखिँदैछिन् ।

नागा चैतन्य हालका दिनमा आफ्नो निजी जीवनलाई लिएर चर्चामा छन् । उनी आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा केमियो गर्दैछन् । यो फिल्मका लागि उनलाई आमिरले नै प्रस्ताव गरेका थिए ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!