‘पुष्पा-२’का लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक

Posted on: 08 Sep, 2022

भदौ २३, काठमाडौँ | तेलुगू फिल्म ‘पुष्पा’को सफलता पछि अल्लु अर्जुन पेन इण्डिया स्टार बनेका छन् । उनको पारिश्रमिकदेखि स्टारडमसम्ममा व्यापक वृद्धि भएको छ । उनले ‘पुष्पा २’का लागि झण्डै अभिनेता सलमान खानको हाराहारीमा पारिश्रमिक बुझेका छन् ।


सुकुमार निर्देशित ‘पुष्पा’को अब दोस्रो सिक्वेल बनिरहेको छ । ‘पुष्पा : द रुल’ शीर्षक राखिएको फिल्ममा अल्लु अर्जुनले उच्च पारिश्रमिक लिएका छन् । कुल ४५० करोड भारुको फिल्ममा उनले १२५ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अल्लु अर्जुनले लिएको यो पारिश्रमिक बलिउड स्टार सलमान खान र अक्षयकुमारले लिने बराबर हो ।

अल्लु अर्जुनका साथै रश्मिका मन्दानाको मुख्य भूमिका रहने ‘पुष्पा-२’ आगामी वर्ष रिलिज हुने जनाइएको छ । अल्लु अर्जुन सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’मा समेत देखिंदैछन् । यो फिल्म आगामी डिसेम्बर ३० मा रिलिज हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!