नेपाली फिल्मले ६० प्रतिशत शो पाउनुपर्छ : भुवन केसी

Posted on: 13 Sep, 2022

भदौ २८, काठमाडौँ | चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले  नेपाली फिल्मको प्रदर्शनसँग जोडेर आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् । नेपाली फिल्मको प्रदर्शनमा हल व्यवस्था विकास बोर्डले नै गर्ने जसरी आफ्नो नाम जोडिएर बदनाम गर्न खोजिएको उनको भनाइ छ ।


‘नेपाली फिल्मले सधै नै पहिलो प्राथमिकतामा हल पाउनुपर्छ भनेर म ४ दशकदेखि लडिरहेको छु । तर, यहाँ नेपाली फिल्म रिलिज हुँदा विकास बोर्डले नै हल नदिएजस्तो गरि मेरो बदनाम गर्न खोजियो’ केसीले भने ‘ आजसम्म, विकास बोर्डले हल दिने भन्ने कुनै नीति छैन ।’ नेपाली फिल्मले रिलिजको समय ६० प्रतिशत शोज पाउनुपर्ने धारणा समेत केसीले अगाडि सारे । मंगलबार फिल्म ‘सायरा’ घोषणा कार्यक्रममा अध्यक्ष केसीले नेपाली फिल्म आफ्नो प्रथामिकतामा पहिले, अहिले र पछि पनि पर्ने स्पष्ट पारे ।

‘हाम्रो देशमा नेपाली फिल्मले प्रदर्शनमा पहिलो प्रथामिकता पाउन सकेको छैन । त्यो मैले पनि नबुझेको कुरो हो’ केसीले भने ‘म चलचित्र विकास बोर्डमा पुगेपछि यो बिषयमा निरन्तर पहल गरिरहेको छु । केही समयपछि हल होला ।’ केसीले बोर्ड​ले आफ्नो अधिकारमा रहेर यस बिषयमा छिट्टै काम गर्ने समेत सुनाए ।

पछिल्लो समय आफ्नै देशमा फिल्म निर्माताहरुले पराइको व्यवहार सहनुपरेको छ । यो विषय आफुले पनि बुझेको बताएका केसीले बिदेशी फिल्मसँग नेपाली फिल्म जुध्दा नेपाली फिल्मले नै बढी शो पाउनुपर्ने उनले बताए । ‘विदेशी फिल्म र नेपाली फिल्म एकसाथ रिलिज हँुदै छ भने नेपाली फिल्मले पहिले बढी शो पाउनुपर्छ’ केसीले थपे ‘नेपाली नेपाली भएको खण्डमा बराबरा शो हुनुपर्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!