बाहुबली स्टार प्रभास र कृति प्रेम सम्बन्धमा

Posted on: 18 Sep, 2022

असोज २, काठमाडौं | बलिड नायिका कृति सेनन आफ्नो प्रेम जीवनको विषयलाई लिएर चर्चामा छिन्। अहिले बाहुबली स्टार प्रभाससँग प्रेम सम्बन्धनमा रहेको चर्चा बलिउडमा छ। यो खबरमा सामाजिक सञ्जाल पनि तताएको छ।

कफि विद करण शो बाट सुरु भएको उनीहरूको प्रेम जीवनको चर्चा अहिले जताततै छ। उक्त शो मा कृतिले प्रभासलाई कल गरेको र बोलेको शैलीले उनीहरूबीच विशेष सम्बन्ध रहेको अड्कलबाजी गरिएको छ।


उनीहरूबीच प्रेम सम्बन्ध रहेको बलिउड लाइफको समाचारमा उल्लेख छ। उसले विश्वस्त स्रोत उद्धृत गर्दै दुईबीच एक अर्कालाई लिएर ‘स्ट्रङ्ग फिलिङ्ग्स’ रहेको दाबी गरेको छ। फिल्म ‘आदिपुरुष’को सेटमा यी दुईबीचको बोन्डिङ्ग स्ट्रङ्ग भएको स्रोतले जनाएको छ।

स्रोतले भन्यो, ‘फिल्म सकिएपछि कलारकाहरूबीच खासै म्यासेज र फोन कल हुँदैन। तर, यी दुईबीच फिल्म सकिएको लामो समय भइसक्दा पनि यो क्रम जारी नै छ।’

गतवर्ष एक अन्तरवार्तामा कृतिले प्रभास सुरुमा लजालु स्वभावको भए पनि च्याटिङको क्रममा एकदमै फ्र्याङ्क भएको बताएकी थिइन्। प्रभास कृति अभिनित आदिपुरुष १२ जनवरी २०२३ मा रिलिज हुँदैछ। फिल्म उनीहरूका साथमा सैफ अली खान पनि छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!