नागा चैतन्यसँग डिभोर्सपछि दोस्रो विवाहको तयारीमा सामन्था

Posted on: 22 Sep, 2022

असोज ६, मुम्बई | दक्षिण भारतीय स्टार सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छिन् । हालैमात्र उनी एक गम्भीर रोगबाट पीडित भएको खबर बाहिर आएको थियो । अहिले भने उनी दोस्रो विवाह गर्ने चासोका कारण चर्चामा छिन् ।


अभिनेता पति नागा चैतन्यसँग अलग्गिएपछि उनले अब जीवनलाई अगाडि बढाउन दोस्रो विवाह गर्ने निचोडमा पुगेकी छन् ।

अभिनेत्रीकी गुरु सद्गुरु जगदीश वासुदेवले उनलाई दोस्रो विवाह गर्न सुझाव दिएका छन् । अभिनेत्रीले गुरुको सल्लाह पनि मानेकी छन् । सद्गुरुले आफ्नो अतीतलाई भुलाउन जिन्दगीमा अगाडि बढ्न सुझाव दिएका छन् । उनी निकट साथीहरूले पनि सामन्थालाई दोस्रो जीवन पाउनका लागि विवाह गर्न सुझाव दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!