बिहे गर्दै बलिउड अभिनेत्री तमन्ना भाटिया

Posted on: 17 Nov, 2022

मङ्सिर १, काठमाडौँ । बलिउड अभिनेत्री तमन्ना भाटिया आफ्नो बिहेको खबरलाई लिएर चर्चामा छिन् । तमन्नाले व्यापारीको विवाह प्रस्तावलाई स्विकारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।


तमन्ना भाटिया आफैंले आफ्नो विवाहको बारेमा केही नबोले पनि भारतिय सञ्चारमाध्यमका अनुसार मुम्बईका एक व्यापारी लामो समयदेखि तमन्नाप्रति मोहित थिए । उनले अभिनेत्रीको मन जित्ने प्रयास गरिरहे । तर अन्ततः अभिनेत्री तमन्नाले व्यापारीको विवाहको प्रस्तावलाई  स्वीकार गरेकी  थिइन् । उनी अहिले विवाहको तयारीमा व्यस्त छन् । अब तमन्नाको विवाहको घोषणाको मात्रै प्रतिक्षा छ । त

‘बाहुबली’ अभिनेत्री तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्ने बताइएको छ । तमन्ना बलिउडकी सुन्दर नायिकामा गनिन्छिन् ।नायिकाले धेरै हिन्दी फिल्ममा उत्कृष्ट काम गरेकी छिन् । तमन्नाले आफ्नो करियरमा धेरै हिट फिल्म दिएकी छिन्, जसमध्ये एउटा ब्लकबस्टर फिल्म बाहुबली हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!