‘को होला त्यो’ गायक सुनिल गिरीले गरे विवाह

Posted on: 01 Dec, 2022

मङ्सिर १५, काठमाडौँ | लोकप्रिय लोकपप गायक सुनिल गिरी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले जर्मनीमा बस्दै आएकी अन्जु आचार्यसँग लगनगाँठो कसेका हुन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका सुनिल र अञ्जुले जर्मनीमै विवाह गरेका हुन् । अञ्जु उदयपुर गाईघाटकी हुन् । 


सुनिलले बिहीवार आफ्नी जीवनसंगिनीप्रति समर्पित ‘भाग्यमानी’बोलको गीत सार्वजनिक गर्दै आफूले विवाह गरेको जानकारी दिएका हुन् । उक्त गीतमा विवाहका दृश्यहरू समावेश गरिएको छ । गायक सुनिलको ‘को होला त्यो’बोलको गीत निकै चर्चित छ । ‘सोल्टीनी’, ‘झरी परेको रात’, ‘झम्के साँझ’लगायतका गीतहरू पनि चर्चित छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!