स्क्रब टाइफसले किशोरीकाे अवस्था गम्भीर, उपचारका लागि सहयोग अभियान सुरु

Posted on: 30 Nov, 2021

मंसिर १४, खोटाङ | खोटाङमा स्क्रब टाइफस रोगले गम्भीर बिरामी परेकी किशोरीको उपचारका लागि सहयोग अभियान थालिएको छ । स्क्रब टाइफसको समस्याले गम्भीर बिरामी परेकी रावाबेँसी गाउँपालिका-१ कुभिन्डे दम्कु गैरी निवासी समिता राईको सहयोगार्थ सहयोग अभियान थालिएको हो ।

हाल सरस्वती मावि दिक्तेलमा कक्षा १२ मा अध्ययनरत किशोरीको उपचारका लागि ‘समिता राई बचाऔं’ अभियान थालिएको आफन्त टीकाराम राईले बताए । 

स्क्रब टाइफस रोगले १६ कात्तिकदेखि बिरामी परेकी समिताको २३ कात्तिकदेखि काठमाडाैंस्थित अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ । उपचार गर्नेक्रममा ६ लाख खर्च भइसकेको तथा उपचार गर्न सक्ने आर्थिक अवस्था नभएकाले समिता बचाऔं सहयोग अभियान थालिएको हो । 

समिताको सहयोगका लागि उनकै दिदी संगीता राईलाई ९८१६७७३७८२ मा फोन गरेर वा ग्लोबल आइएमई बैंकको खाता नम्बर एफ ९०७०१०००११३३ मा रकम जम्मा गरेर सहयोग गर्ने व्यवस्था मिलाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!