पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण , १० जनाको मृत्यु

Posted on: 28 Jan, 2022

माघ १४, काठमाडौँ | देशभर पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी जम्मा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

शुक्रबार ५४३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!