थप २६३ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

Posted on: 13 Aug, 2022

साउन २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार १६५ कोरोना परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

एक हजार ३९९ पीसीआर परीक्षण गर्दा १६२ र एक हजार ७६६ एन्टिजेन परीक्षण गर्दा १०१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०१ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!