डेंगु बिरामीको संख्या ३४ हजारको नजिक

Posted on: 11 Oct, 2022

असोज २५, काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ । 


२०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । 

डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!