औषधि खाँदा समस्या भयो वा मात्रा बिर्सिनुभयो ? यो नम्बरमा निःशुल्क फोन गर्नुहोस्

Posted on: 14 Oct, 2022

असोज २८, काठमाडौं | हामी बिरामी हुँदा औषधि लिइरहेकाे समयमा कहिलेकाहिँ यसकाे मात्रा बिर्सन सक्छाैँ । अथवा कतिबेला कुन खाने भन्ने अन्याेलमा पर्न सक्छाैँ । त्यस्तै कुनै औषधिले नकारात्मक असर गरे जस्‍ताे पनि लाग्‍न सक्छ ।


बिरामी भएर औषधि लिँदा हामीलाई यी र यस्तै प्रश्‍न जिज्ञासा आउन सक्छन् । पुन: अस्पताल जान हामीलाई समस्या हुन सक्छ । यस्ताे अवस्थामा हामी कसलाई साेध्‍ने, के गर्ने जस्ता कुराहरुले घेरिएका हुन्‍छाैँ ।

हाम्राे यही समस्याकाे समाधान गर्न औषधि सूचना केन्द्र (drug information center - DIC) सञ्चालन भइरहेकाे छ । आम जनतालाई औषधिसम्बन्धी सूचना सेवा प्रदान गर्न फेक्ट नेपालकाे एक अङ्गका रुपमा गत वर्षदेखि याे केन्द्र सञ्चालनमा आएको हो ।

याे एक गैरसरकारी संस्थाकाे रुपमा सञ्चालन भइरहेकाे छ । औषघि सम्बन्धी सम्पूर्ण कुराहरुकाे साेधपुछका लागि यस संस्थाले विभिन्न सम्पर्क माध्यम उपलब्ध गराएकाे छ, जहाँबाट हामीले नि:शुल्क रुपमा फार्मासिस्ट र डाक्टरहरुबाट आफ्नाे जिज्ञासा/समस्यामा परामर्श पाउन सक्छाैँ ।

हाललाई संस्थाले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्मका मात्र कल उठाउने गरे पनि सामाजिक सञ्जालमा भने जहिल्यै प्रश्‍न गर्न सकिने छ । निकट भविष्यमा संस्थाले  चाैबिसै घण्टा फाेन कलबाट सेवा दिने याेजना बनाएकाे छ ।

यस संस्थाले उपलब्ध गराएकाे विभिन्न सम्पर्क माध्यमहरु:

टाेल फ्री नम्बर  166001-21-500

टेलिफाेन नम्बर  01-5913113

माेबाइल नम्बर  9801236161

फेसबुक पेज  https://www.facebook.com/dicnepal

इमेल  [email protected]

वेवसाइट  phectnepal.org/dic

यस बिषयमा तपाइको प्रतिक्रिया...!