टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ भवन भत्काइँदै

Posted on: 18 Sep, 2022

असोज २, काठमाडौँ | काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्।  

काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ। त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन्।

तीमध्ये जय नेपाल हाल, त्यससंगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन्। 

टुकुचालाई खुला रूपमा बग्न दिने र वरिपरि करिडोर बनाउने योजनासहित चार दिनअघि जय नेपालबाट टुकुचा क्षेत्र खाली गर्न थालिएको हो । यो समाचार नेपाल समाचार दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!