बालेनलाई प्रचण्डको दाबी- मेरो नेतृत्वको सरकार पाँच वर्ष नै टिक्छ

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन् । आज न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

प्रधानमन्त्री प्रचण्डले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकार फेरबदल भइरहँदा पालिकालाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

उनले भने , ‘मेयर बालेन्द्र शाहज्यूले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर पालिका चुनावपछि सङ्घ र प्रदेशको चुनाव भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईँ ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ ।’ उनले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!