साझा उम्मेदवार चयन गर्न कांग्रेस संस्थापनइतर समूहको बैठक आज पनि बस्दै

Posted on: 08 Dec, 2021

मंसिर २२, काठमाडौं | १४ औं महाधिवेशनका लागि सभापतिको एकमात्र उम्मेदवार बनाउन संस्थापनइतर समूहको बैठक लगातार बसिरहे पनि टुङ्गो लाग्न सकेको छैन। सोमबार र मंगलबार बसेका बैठकले पनि उम्मेदवार टुङ्गो लगाउन नसकेपछि उक्त समूहका नेताहरुको बैठक बस्दै छ।

आजको बैठकबाट जसरी भए पनि साझा उम्मेदवारको टुङ्गो लगाउने तयारीमा उनीहरु छन्। सो समूहका नेताको मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको बैठकले उम्मेदवार टुङ्ग्याउन नसकेपछि आज बैठक बस्ने निष्कर्ष निकालेको थियो।

बैठकमा सहभागी केन्द्रीय सदस्य रामकृष्ण यादवले सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नो दाबी प्रस्तुत गरेका जानकारी दिए। नेताहरुले बुधबार बिहान आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिसँग रायपरामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेका उनले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!