कलाकार ‘जोगिन्दर’ महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Posted on: 08 Dec, 2021

मंसिर २२, काठमाडौं | नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिवशंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा ५१३ मत प्राप्त गरी विजयी भएका हुन्। मंगलबार सर्लाही ४ को गोडैता नगरपालिका-५ स्थित एक विद्यालयमा अधिवेशन सम्पन्न भएको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!