शशांक र प्रकाशमानबीच ‘वान टु वान’ वार्ता

Posted on: 08 Dec, 2021

मंसिर २२, काठमाडौँ | नेपाली काँग्रेसको संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार चयनका लागि सहमति जुटाउन नेताहरुबीच छलफल जारी छ। तर सहमति भने हुन सकेको छैन ।

बिहान संस्थापन इतर समूहका जिल्ला सभापति, प्रदेशसभा निर्वाचनमा विजयी तथा आकांक्षी नेतासहितका नेताहरुको छलफल भएको थियो भने त्यसपछि पौडेल समूहका केन्द्रीय सदस्यहरूबीच छलफल भएको थियो । सो छलफलमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच सहमति हुन नसकेको सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै उम्मेदवारको प्रस्ताव गर्ने निर्णय भएको थियो ।

यही निष्कर्षका साथ प्रकाशमानको निवासमा केन्द्रीय सदस्यसहितको संयुक्त बैठक बसेर उम्मेदवारको टुंगो लगाउने तय भएकोमा सो अघि प्रकाशमान र महामन्त्री शशांक कोइरालाबीच वान टु वाट वार्ता भएको छ । प्रकाशमानको निवासमा भएको दुई नेताको साे भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर छलफलको विषय बाहिर आएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!