नयाँ सार्वजिनक खरिद ऐन ल्याउँदैछाैं : मन्त्री झाँक्री

Posted on: 08 Dec, 2021

मंसिर २२, काठमाडौँ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाएको बताएकी छन् ।

चौधौं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको औंल्याइन् । समाज र सिंगो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई गाभेर सार्वजनिक कम्पनीमा लैजान उनले आग्रह गरिन् ।

निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावली मात्रै नभएर ऐनमै संशोधन आवश्यक भएको उनले बताइन् । निर्माण व्यवसायी मैत्री कानून आवश्यक भएको उनको भनाइ छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तारबिना समृद्धि मुलुकको परिकल्पना असम्भव रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!