साझा उम्मेदवार टुंगाे लगाउन पुनः छलफलमा पाैडेल समूह

Posted on: 08 Dec, 2021
मंसिर २२, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल शुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साे छलफल शुरु भएकाे हाे।
मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न सकेका छैनन् । पौडेल पक्षबाट सभापतिका आकांक्षी डा. शशांक कोइरालाले दावी छाडे पनि रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले दावी छाडेका छैनन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा पनि धेरै नेताहरु आकांक्षी छन् ।
यसअघि पौडेल पक्षले बुधबार दिउँसो आफ्नो पक्षका जिल्ला सभापति र प्रदेशस्तरका नेताहरुसँग छलफल गरेको थियो । छलफलमा सहभागीले साझा उम्मेदवार छिटो चयन गर्न नेताहरुलाई दबाब दिएका थिए । जिल्ला र प्रदेशस्तरका नेताहरुसँगको छलफलपछि पौडेल समूह पुनः छलफलमा जुटेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!