सरकार निर्वाचन नगराउने षड्यन्त्रमा लाग्यो : पोखरेल

Posted on: 19 Jan, 2022

माघ ५, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले एमालेको लोकप्रियता देखेर गठबन्धनको सरकार अत्तालिएको टिप्पणी गरेका छन्। काठमाडौंमा बुधबार आयोजित एक साक्षात्कारमा नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागिपरेको आरोप समेत लगाए।

उनले निर्वाचन आयोगले भोलि (बिहीबार) सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी दिए। ‘सरकार निर्वाचन नगराउने षड्यन्त्र गरिएको छ। यो षडयन्त्रलाई चिर्नको लागि हामी भोलिसम्म पर्खन्छौं,’ उनले भने, ‘निर्वाचनको तिथि भोलिसम्म घोषणा भएन भने सडकबाट जनता उरालेर परिचालन गरेर निर्वाचनको माग गर्न हामी सडकमा जान्छौं।’

नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गरे। उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गरे। उनले सर्वोच्चबाट गलत्याइएको दद एमाले चुनावको पक्षमा भएको जिकिर गरे। एमालेले चुनाव गराउन चाहेको र निर्वाचन आयोगले दिएको मिति वैशाख १४ र २२ गतेभित्र चुनाव गरान सरकारसँग आह्वान समेत गरे।

यस बिषयमा तपाइको प्रतिक्रिया...!