राप्रपाद्वारा ६ वटा प्रदेशमा राष्ट्रिय सभा चुनाव बहिष्कार

Posted on: 25 Jan, 2022

माघ ११, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  ले १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सातमध्ये ६ वटा प्रदेशमा मतदान बहिष्कार गर्ने भएको छ।

मंगलबार काठमाडौंमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश नम्बर–१ बाहेक अन्यत्र आफ्नो पार्टीका उमेदवार नभएको भन्दै उमेदवार नभएका प्रदेशमा मतदान नगर्न आह्वान गरेको हो । राप्रपाले प्रदेश–१ मा भने आफ्ना उमेदवारलाई मतदान गर्न भनेको छ।

प्रदेश १ मा राप्रपाले अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ। महामन्त्री पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदातालाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!