स्थानीय चुनाव अर्को वर्षको चैतसम्म सार्न सकिन्छ : माधव नेपाल

Posted on: 25 Jan, 2022

माघ ११, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउँदो कात्तिक, मंसिर वा पुसमा तीनै तहको चुनाव हुने घोषणा गरेका छन्। अध्यक्ष नेपालले २०७४ असोज २ गते निर्वाचित भएका स्थानीय तहका पदाधिकारीलाई पाँच वर्षे कार्यकाल पुरा गर्न दिनुपर्ने भएकाले वैशाखमा चुनाव नहुने दाबी गरे।

‘२०७४ सालमा वैशाख ३१ गते पहिलो चरणको, असार १४ गते दोस्रो चरण र अन्तिम चुनाव असोज २ गते भएर ७ गते परिणाम आएको हो। संविधानले पाँच वर्षे कार्यकाल भनेपछि आउँदो असोजमा मात्रै उनीहरुको कार्यकाल सकिन्छ,’ मंगलबार रामेछापमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘आउँदो कात्तिक, मंसिर पुसमा केन्द्र, प्रदेश र संघको चुनावमा जानेछौं।’

नेता नेपालले स्थानीय तहको चुनाव अर्को वर्ष चैतसम्म गर्न सकिने सुविधा संविधानले दिएको उल्लेख गरे। कार्यकर्ता माझ उनले भने, ‘कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्छ भन्ने कुरा संविधानमा लेखिएको छ। जसले गर्दा हामी २०७९ साल चैतसम्म स्थानीय तहको चुनाव गर्न सक्छौं।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!