राष्ट्रियसभाको बैठक १७ माघमा आह्वान

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् । 

यसअघि २ माघमा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!