रामकुमारी झाँक्रीले दिइन् मेटमणिलाई बधाई

Posted on: 27 Jun, 2022

असार १३, काठमाडौँ | एकपा एकिकृत समाजवादीकी नेतृ तथा पूर्व शहरी विकाश मन्त्री राम कुमारी झाँक्रीले सोमबार सपथग्रहण गरेका मेटमणी चौधरीलाई बधाई तथा शुभकामना दिएकी छन् । उनले आफू शहरी विकाश मन्त्रीको पदमा रहँदा अगाडि बढाएको नितिगत कार्यक्रमलाई नयाँ मन्त्रीले निरन्तरता दिने आशा रहेको बताएकी छन्।


फेसबुकमा सोमबारबाट आफू शहरी विकाश मन्त्रीको पदमुक्त भएको भन्दै जिम्मेजारी सिफारिस गर्ने दलका नेताहरुलाई धन्यवाद दिएकी छन् । उनले मन्त्री पदमा हुँदा काम गर्ने सकयोग गर्ने सम्पूर्ण निकायलाई पनि धन्यवाद दिएकी छन्।

उनले उनीप्रति आशावादी हुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार र आम नागरिकहरू प्रति धन्यवाद प्रकट गर्दै उनीमाथि आश गर्नेहरुको आशालाई निराश हुन नदिने संकल्प गर्दै अगाडि बढ्ने बताएकी छन्।

‘यो विचमा कार्यपालिका मात्र होईन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरू सँग सार्वजनिक सरोकारका विषयहरूमा पटक पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु । त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन् । मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर हो भन्नेमा दुई मत छैन ।’

उनले अगाडि लेखेकी छन्, ‘नवनियुक्त मन्त्री जीले मैले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिनु नै हुनेछ भन्नेमा ढुक्क छु । साथै माननीयन मन्त्री मेटमणी चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !’

यस बिषयमा तपाइको प्रतिक्रिया...!