काठमाडौं महानगरपालिका–४ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी

Posted on: 29 Jun, 2022

असार १५, काठमाडौँ | काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ ।

 

असार ६ मा  अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र लेखेर वडा अध्यक्ष महर्जन, वडा नम्बर–४ का पूर्व अध्यक्ष मोहनबहादुर विष्ट र पूर्व वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ ।

लिखत सम्बन्धी कसुरमा आरोपीहरुलाई पक्राउ गर्न भनिएको जिल्ला अदाललते जानकारी दिएको छ । आरोपीहरुलाई उपस्थित गराउन नसकेमा ३५ दिने पक्राउ पुर्जी तामेल गरेर त्यसको जानकारी अदालतमा पठाउन प्रहरीलाई भनिएको छ । 

मोहन बहादुर विष्ट अध्यक्ष हुँदा लिखत सम्बन्धि कसुरमा जाहेरी दर्ता भएको थियो । त्यसबेला अहिलेका अध्यक्ष महर्जन र ध्रुवप्रसाद त्रिपाठी वडा सदस्य थिए । अदालतले पक्राउ पुर्जी जारी गरे पनि प्रहरी वृत महाराजगञ्जका डिएसपी प्रमेश विष्टले आरोपीहरुलाई पक्राउ गर्न आनाकानी गरिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!