कमल थापाले भने- स्याबास बालेन ! स्याबास सुनिता !

Posted on: 16 Sep, 2022

भदौ ३१, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोजेर साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर  र उपमेयलाई धन्यवाद दिएका छन् । 

उनले ट्वीट गर्दै टुकुचा खोला पत्तो लगाएको भन्दै स्याबासी दिएका हुन् । अध्यक्ष थापाले काठमाडौं महानगरले हराएको टुकुचा खोला खोज्ने साहसिक काम गरेको समेत बताएका छन् ।


उनले सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा रहेको उल्लेख गरेका छन्।

त्यस्तैगरी थापाले काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होउन् भन्दै शुभकामना दिएका छन् ।

यस्ताे छ थापाकाे ट्वीट

‘स्याबास बालेन! स्याबास सुनिता! 

हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि धन्यवाद ! सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!