बाबुरामलाई बालेनको जवाफ- तपाईँले किन नगरेको ?

Posted on: 16 Sep, 2022

भदौ ३१, काठमाडौँ | फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् ।

यसअघि सामाजिक सञ्जालमार्फत भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने गर्नुपर्छ तर फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसको कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’

काठमाडौं महानगरले फुटपाथ व्यवसायलाई हटाए पछि फुटपाथ व्यापारीहरुले मेयर साहविरुद्ध आन्दोलन नै थालेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!